सुशान्तको आत्महत्याका बारेमा शिव सेना पनि बोल्यो

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा शिवसेना बोलको छ । शिव सेनाका नेता सन्जय राउतले सुशान्त र उनका पिता केके सिंहबीचको सम्बन्धका बारेमा प्रश्न गरेका छन् । उनले शिवसेनाको मुख पत्रमा सोधेका छन् ,‘सुशान्त कतिपटक आफ्नो पितासँग भेट्न जान्थे ?’
सन्जयले आदित्य ठाकरेको मुद्दाको बारेमा लेखेका छन्, ‘डिनो मारियाको घरमा भएको कथित पार्टीबाट सुशान्तको मृत्यु जोडिएको छ । मोरिया र केही मानिस आदित्य ठाकरेको साथी हुन् । यदि मित्रताको कारण आदित्यलाई निशाना बनाइरहेका छन्, त्यो गलत हो । सन्जयले षड्यन्त्र बताउँदैलेखेका छन्, यो स्क्रिप्ट पहिले नै लेखिएको थियो ।

पर्दा पछाडी के भयो त्यो महाराष्ट्र सरकारको बिरुद्ध षड्यन्त्र हो ।’ यस विषयमा कलाकार तथा केहि निर्माताहरुले पनि सुशान्तको विषयमा आवाज उठाउँदै आएका छन् । यस विषयमा भारतिय विभिन्न नेताले पनि दोषि पत्ता लगाउन सरकारसँग माग राख्दै पनि आएका छन् ।