सञ्जय दत्तको फिल्म ‘सडक २’ ट्रेलर रिलिज

सञ्जय दत्तको फिल्म ‘सडक २’ रिलिज गर्ने तयारीमा रहेको छ । हालै सार्वजनिक भएको फिल्मको ट्रेलर रिलिजसँगै फिल्म प्रदर्शनको तयारी गरिएको छ । सार्वजनिक भएको ट्रेलरमा संजय दत्तकी पत्नी पूजा भट्टको निधन भैसकेको देखाइएको छ । श्रीमतीको निधन पछि फिल्ममा आलियाको प्रवेश हुन्छ ।

ट्रेलरमा आलिया गुरुहरुको भन्डाफोर चाहेको देखाइएको छ । फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्य रायकपुरको मुख्य भूमिका रहेको छ । फिल्ममा जिशु सेनगुप्ता, मकरंद देशपाण्डे, गुलशन ग्रोवर, प्रियंका बोस, मोहन कपुर र अक्षय आनन्द समेतको अभिनय देख्न सकिन्छ । यस फिल्मलाई डिज्नी प्लस हटस्टारमा २८ अगस्ट रिलिज गरिने छ ।