श्रीदेवीले चन्द्रमा हेर्नकै लागि पाइलटलाई प्लेन घुमाउन लगाइन्

बलिउडकी लोकप्रिय अभिनेत्री श्रीदेवी मरेर गएपनि उनको चर्चा कहिलै सकिदैन । उनको जन्मदिनको अवसरमा श्रीदवीसँग जोडिएका पुराना कुरा र यादहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले त्यो बेला गरेका क्रियाकलापले आज सामाजिक सञ्जाल मज्जाले छाएको छ । उनले गरेका केहि गतिविधिले हिजोका दिनमा मात्र होइन आज पनि उतिकै मात्रामा चर्चा रहेको छ

श्रीदेवी फिल्मदेखि होस् या घेरेलु महिलाको रुपमा परिचय बनाएकी थिइन् । उनले घरमा आउने पाहुनालाई धेरै ख्याल देखि लिएर हरेक कुरामा सत्कार तथा सम्मान राख्ने गर्थिन् । जसका कारण अहिले पनि उनको त्यतिकै मात्रामा चर्चा रहेको छ । उनको जन्मदिनमा हरेक कुरा बाहिर आएपनि रोचक कुरा पनि बाहिरिएको छ ।

एक पटक उनले करवाचौथको व्रत हवाई जहाजमा तोडेकी थिइन् । श्रीदेवी र बोनी मेक्सिकोको लस एन्जलसमा बसेका थिए । रात पर्दै गइरहेको अवस्था थियो । उनीहरु प्लेनमा यात्रा गरिरहेकी थिइन । ब्रत बसेकी श्रीदेवीले एक गिलास पानीले व्रत तोड्ने योजनामा थिइन् । तर यस भन्दा पहिले उनले चन्द्रमा हेर्न चाहन्थिन् । उनले चन्द्रमा हेर्नलाई पाइलटलाई हवाइजहाज घुमाउन लगाएकी थिइन्, जहाँ सजिलै चन्द्रमा देख्न सकिन्थ्यो । यस्तो रोचक र कुरामा अहिले खुव चर्चा रहेको छ ।