सञ्जय दत्त अस्पताल भर्ना, आफ्नो लागि प्रार्थना गरिदिन आग्रह

बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । फोक्साको क्यान्सरसँग जुधिरहेको सञ्जय दत्त अस्पताल भर्ना भएका हुन् ।

सञ्जय दत्त श्रीमती मान्यता दत्तसाथ घरबाट अस्पताल गएका हुन् भने उनका साथमा अहिले बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन रहेका छन् । सन्जयको अस्पताल जाने बेलामा घरमा पुगेका फोटोग्राफरलाई ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’ भनेका थिए । उनी केहि समय अगाडी उपचारका लागि विदेश जाने कुरा हुँदै आएको थियो ।