लण्डनबाट सुरु भयो अक्षयको ‘बेलिबटम’को सुटिङ

बलिउड अभिनेता अक्षय कुमारले लन्डनमा पुगेर फिल्म ‘बेलिबटम’ को सुटिङ सुरु गरेका छन् । उनले सो फिल्म बिहीबारदेखि औपचारिक रूपमा फिल्मको छायाँङ्कन सुरु गरिएको हो ।

फिल्मको मुहूर्त कार्यमा अभिनेता अक्षय कुमारका अलवा हुमा कुरेसी, लारा दत्तले मास्क लगाएर मुर्हत गरेका थिए । यस फिल्मलाई रञ्जित तिवारीले निर्देशन गर्दैछन् । भारतमा कोरोना भाइरसको महामारी नरोकिएपछि फिल्म ‘बेलिबटम’को लण्डन पुगेर फिल्मको सुटिङ सुरु गरिएको हो । फिल्म ‘बेलिबटम’ फिल्मको निर्माण बासु बगनानीले गरेका छन् । गत बर्षकै अन्तः तिर फिल्मको छायाँङ्कन गर्ने भनिएता पनि कोरोना महामारीले गर्दा सरेको थियो ।