बेइजिङमा सुरु भो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हिजाबाट सुरु भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।

कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताएका छन् । चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्दै अहिले देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।