फिल्म ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चडविक बोसम्यानको निधन

ग्राउडब्रेकिंग फिल्मका ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चडविक बोसम्यानको निधन भएको छ । ४३ वर्षीय बोसम्यान लामो समय देखि क्यान्सरबाट थलिएका थिए ।

‘द न्युवर्क टाइम्स्’का अनुसार उनको घरमा नै निधन भएको हो ।अभिनेता चडविमा सन् २०१६ मा उनमा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनले विभिन्न विधिबाट आफ्नो उपचार गराउँदै आएका थिए ।

साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका चलचलित्रमा अभिनय गरेका थिए । ग्राउडब्रेकिंग फिल्म “ब्ल्याक पेंथर“ को स्टारका रूपमा प्रख्यात चिनाएका अभिनेता चाडविक बोसम्यान र ज्याकि रोबिनसन, जेम्स ब्राउन र थर्गोड मार्शल जस्ता अग्रगामी ब्ल्याक फिगरको चित्रण गर्ने अभिनेताका रुपमा परिचित रहेका थिए ।