सिबीआईको ९ प्रश्नमा रियालाई जवाफ फर्काउ र्नै कठिन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्याको बारेमा सिबीआईले कलकारसँग केरकार गरिरहेको छ । कलाकार तथा निर्देशकसँगको बयानलाई निरन्तरता दिइरहेको छ ।

सुशान्तको मृत्युको कारण उनको पुुर्व प्रेमीका रिया चक्रवर्ती रहेको शंकामा उनीमाथी बयान लिने काम भइरहेको छ । त्यसैको आधारमा अहिले सुशान्तका पिता के.के सिंहको उजुरीको आधारमा सिबीआईले रिया चक्रवर्तीसँग छानविन गरिरहेको छ । हालै पछिल्लो तीन दिनमा रियासँग सिबीआइले सत्य कुरा निकाल्ने कोशिस गरिरहेको छ । तर, रीयाले कुनै पनि प्रश्नको खुलेर जवाफ दिन सकेकी छैनन् ।

उनले कठिन अवस्थामा केहि प्रश्नका जवाफ फर्काएकी छन् । त्यस कारण पनि अव रियाको पोलिग्राफ (लाइ डिटेक्टर) टेस्ट हुन सक्ने बताइएको छ । पोलिग्राफ टेस्टपछि रियाले बोलेका कुराहरुको सत्य(असत्य सामुने आउने प्रहरीको दाबी छ । सिबीआईले सोधेका ९ प्रश्नले रियालाई मुस्किल परेको छ । उनलाई सोधिएको प्रश्न जुन यस प्रकारको छ ।

१) तिमि सुशान्तको मृत्युको लागि आफुले आफुलाई कति जिम्मेवार सम्झिन्छौ ?
२) कतै सुशान्तको मृत्युको कारण तिम्रो अचानकको उपेक्षा त थिएन?
३) के तिमीलाई लाग्दैन, तिमि गएपछि सुशान्तले आत्महत्या जस्तो कदम उठाउछन भनेर ?
४) सुशान्तलाई छोडेर जाने बेलामा कसैलाई भनेर जानुपर्छ भन्ने मनमा लागेन ?
५) कुनै बेलामा के सुशान्तले तिमीलाई यो भनेका थिए कि ‘उनि आफुले आफुलाई खतम गर्न सक्छन’ ?
६) के तिमि सुशान्तसँगको लिभिङ रिलेसनमा एक पत्नी जसरी बसेकी थियौँ ?
७) तिमीलाई उसको मानसिक अवस्थाको बारेमा राम्रो जानकारी हुनुपर्दछ ?
८) तिमीले आफ्नो कुनै जिम्मेवारी निभाइनौ, त्यसकारण हामि सुशान्तलाई आत्महत्या गर्न प्रेरित गरेको आरोपमा तिमीलाई किन गिरफ्तार नगरौँ ?
९) यदि तिमि निर्दोष छौँ भने कुनै पनि वैज्ञानिक परिक्षा दिन तयार हुन्छौँ ?