हिन्दी सिरियल ‘तेनाली रामा’ मा निरिषा बस्नेतको चाइनिज लुक्स

बलिउडमा नेपाली हिरोइन् एकपछि अर्को गर्दै प्रवेश गरिरहेका छन् । नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक भएकी छन् । उनले सिरियल ‘तेनाली रामा’ बाट कमब्याक गर्न लागेकी हुन् । जसको प्रोमो हालै सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरिषाको चरित्रचित्रण गरिएको छ । भिन्न भिन्न गेटअपमा देखिएकी निरिषालाई चिनियाँ युवतीको भूमिकामा देखाइएको छ । करिव २० सेकेण्डको प्रोमोमा उनलाई पर्याप्त स्क्रिन स्पेस दिइएको छ ।

सिरियलको प्रोमो सार्वजनिक भएपछि निरिषाले आफ्नो भूमिकाको बारेमा जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘मेरो क्यारेक्टर चीनको हिङडोङ्ग राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ ।’