कडा सुरक्षाकासाथ सञ्जयले सुरु गरे फिल्मको सुटिङ

अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । फोक्सो क्यान्सरका कारण भारतमा नै उपचार गराइरहेका सञ्जय थप उपचारका लागि अमेरिका जाने तयारी गरिरहेको समाचार बाहिर आएता पनि उनि सुटिङमा फर्किएका हुन् । कडा सुरक्षाका साथ सबै सुरक्षागार्डको कोरोना परिक्षण पश्चात सुटिङ सुरु गएिको भारतिय सञ्चारमाध्यमले बताएका छन् ।

यस विषयमा यशराज स्टुडियोको स्रोतका अनुसार कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ । शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक गरेका छन् । सञ्जयका लागि शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो ।

कोरोना भाइरसको जोखिम कम गर्नका लागि सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती राखिएको छ । त्यहाँ उपस्थित भएजति सबैकोे पहिले नै कोरोना परीक्षण गरिएको छ भने निकै सावधानीका साथ सुटिङ गरिएको छ । गत ८ अगस्टमा सञ्जय दत्तलाई एक्कासी सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको डा. जलिल पारकरले मुम्बईमा उपचार गरेका थिए ।