थुनामा परिन् रिया चक्रवर्ती , उनको जमानत मुद्दा खारेज

बिभिन्न आरोपमा पर्दै आएकी बलिउड अभिनेत्री रिाय चक्रवर्ती थुनामा परेकी छन् । मुम्बईको एक अदालतले शुक्रवार रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीसमेतको जमानत मुद्दा खारेज गरेको भएपछि रिया २२ सेप्टेम्बरसम्म जेलमा बस्नु पर्ने भएको छ

रिया र शोविकलाई मादक पदार्थ नियन्त्रण ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको हो । उनलाई मादक पदार्थको लगायतको विषयमा मुद्धा लगाइएको छ । एनसीबीले बिहीबार रियाले हालेको जमानत मुद्दाको कडा बिरोध गर्दै प्रतिबन्धित मात्रा कम भएपनि वाणिज्यिक मात्रा निकै भएको बताएको छ ।

एनबीसीले बाणिज्यिक मात्रा कम भएको भन्दै १ लाख ८५ हजार २ सय रुपैयाँको भएको आरोप लगाएको छ । यता वकिल सतीश मानशिन्देद्धारा दायर जमानत मुद्दामा रियालाई एनसीबीले ३ दिन लगातार सोधपुछ गरेको थियो । उनलाई तीन दिनको सोधपुछ पछि रियाले बाध्यताले स्विकार गर्नु परेको थियो । रियाले सुशान्तको पैसा दिएर लागुऔषध खरिद गर्न लगाएको स्विकार गरेकी छन् ।