लकडाउन खुलेसँगै सकियो ‘बन्टी और बबली २’ को छायाँकन

बलिउडमा धमाधम फिल्मको सुटिङ भइरहेको छ । कोरोना महामारीकाबीच फिल्म ‘बन्टी और बबली २’ को छायाँकन सकिएको छ । कोरोनाका कारण रोकिएको फिल्मको छायाँङ्कन हालै सकिएको हो । फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहेको छ ।

कोरोना महामारीका कारण फिल्मका कलाकार लकडाउनसँगै होम क्वारेन्टाइनमा राखिएको थियो । सरकारले सुटिङको अनुमती दिएसँगै फिल्मको छायाँङ्कन सकिएको हो । महामारीकाबीच सुटिङ भएको भन्दै कलाकारहरुले खुसी ब्यत्त गरेका छन् । यसै बीच अभिनेता सैफअली खानले खुसी ब्यक्त भन्दै भने, ‘मैले घर भन्दा बढी सुरक्षित सुटिङ सेटमा महशुस गरे ।’

तर यता अभिनेत्री रानी मुखर्जी भने भावुक भएकी थिइन् । उनले भावुक हुँदै भनिन् ,‘सुटिङको समय निकै राम्रोसँग बिताइयो । कोरोना भन्दा पहिले गरिएको सुटिङको समय धेरै याद आयो ।’ उनलाई याद आउनुपर्ने कारण के हो भने उनी अभिनित फिल्म ‘बन्टी और बबली’ यस अगाडि २००५ मा रिलिज भएको थियो । उक्त फिल्ममा अभिषेक बच्चन र रानी मुखर्जीको जोडी थियो । तर अहिले यो फिल्ममा अभिषेक खेलेका छैनन् । फिल्ममा सैफ अली खान, रानी मुखर्जीको जोडी बाँधिएको छ । यस फिल्मलाई वरुण वी शर्माले निर्देशन गरेका हुन् ।