हलमै रिलिज हुने भो ‘इन्दुकी जवानी’

कोरोना महामारीका कारण विगत ६ महिनादेखि भारतका फिल्म भवनहरु बन्द भएका छन् । अहिले फिल्म हलको ढोका ठुला ठुला ताल्चा लगाएर हल वरिपरी झार उम्रिएका छन् । फिल्म हल बन्द हुँदा अधिकांश निर्माताले डिजिलट प्लेटफर्ममा रिलिज गरिरहेका छन् । उनीहरुले फिल्महलाई दिनुको साटो डिजिटल सिस्टमलाई फिल्म विक्री वितरण गरिरहेका छन् ।

उनीहरुले फिल्म हल कहिले चल्ने भन्दै नयाँ प्रविधि अपनाएको बताउँदै हलमा भन्दा डिजिटल सिस्टममा नै रिलिज गरिरहेका छन् । अधिकांश बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज भैरहेका छन् । केहि फिल्मीकर्मी भने हलमै आफ्नो फिल्म रिलिज गर्ने भन्दै समय पर्खिरहेका छन् । उनीहरु आगामी अक्टुबरदेखि हल खुल्ने अपेक्षा गरिरहेका छन् । हाल हलवाला र फिल्मका निर्माता हल सञ्चालन गर्न दबाब दिइरहेका छन् । यसैबीच अक्टोबारबाट फिल्म हल चल्ने भन्दै एक फिल्मको रिजिल मिती घोषणा गरिएको छ ।

अभिनेत्री कियरा अडवानी अभिनित फिल्म ‘इन्दु कि जवानी’ रिलिज गर्ने घोषणा गरिएको हो । यस फिल्मका निर्माताले अक्टोवरमा फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् । फिल्म हलमा रिलिज गर्ने थोरै मात्र फिल्म रहेकाले यस फिल्मका निर्माताले फाइदा हलबाट नै उठाउन खोजेका छन् । कोरोनाका कारण धेरैले डिजिटलबाट फिल्म रिलिज गरिसकेका कारण आफुलाई फाइदा हेरेका हुन् ।

कोरोनाका कारण चिन लगायत अन्य देशका फिल्म हल खुलिसकेका छन् भने भारतमा पनि यसको दबाब सुरुभइसकेको छ । तर सरकारले फिल्म हल नखुलाउने पक्षमा देखिएको छ । फिल्मको छायाँङ्कनका लागि भने भारतले अनुमती दिइसकेको छ ।