कंगनापछि अक्षय कुमारमाथी खनियो शिवसेना

पछिल्लो समयमा बलिउडमा तात्नुको कारण हो बलिउड अभिनेत्री कंगना रनौत र शिवसेनाबीच आरोपप्रत्यारोप । उनीहरुबीच हानाहान जस्तै भइसकेको अवस्था छ । त्यस्तै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरे नै विवादमा तानिएका छन्। उनले कंगना र शिवसेनाको ‘वार’का बीच अभिनेता अक्षय कुमारलाई पनि तान्ने प्रयास गरेपछि अहिले तिनैपक्ष चर्का चर्कीमा पुगेको छ । उनीहरुको आक्रोशले बलिउडमा अन्य कुराको आवाज दविएको छ ।

हालै सार्वजनिक गरेको शिवसेनाको मुखपत्रमा अक्षयको आलोचना गरेको छ । कंगनाको विभिन्न अभिव्यक्तिमा मौन देखिएको शिवसेना पछिल्लो समय मुखपत्रमार्फत अक्षय कुमारलाई प्रश्न गर्न भ्याएको छ । अक्षय कुमार बिबादमा तानिनुको कारण बीजेपी निकट भएर होकी भन्ने आकल गरिएको छ । उनी बीजेपी निकटका हुन भन्ने आरोप लगाइदै आएको छ ।

यता बीजेपीको प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध रहेको छ त्यस कारण पनि पछिल्लो समय अक्षय कुमारलाई मुछिएको हो । कंगना प्रकरणमा बीजेपीले साथ दिएको शिवसेनाले आरोप लगाएको छ भने यसैको आडमा कंगना उचालिएको शिव सेनाको आरोप छ ।
शिवसेनाले सामनामार्फत भनेको छ, ‘अक्षय कुमारलाई मुम्बई धेरै कुरा दिएको छ । उनले यो सपनाको सहरमा अपार सफलता पाएका छन । तर पनि उनले कंगनाविरुद्ध एक शब्द बोलेनन्। मुम्बईको अपमान भइरह्यो तर उनले यसको विरोध गरेनन् । ’

सामानामा अगाडि लेखेको छ,‘पुरै नभए पनि आधा उद्योग त मुम्बई अपमानको विरोधमा आउनुपर्थ्यो। कंगनाको अभिव्यक्ति पूरै फिल्म जगतको धारणा हुन सक्दैन। विरोध हुनुपर्थ्यो। कम्तिमा अक्षय कुमार जस्ता ठूला कलाकारले अगाडि आउनु पथ्र्यो।’ सुशान्तसिंह राजपुत प्रकरणमा लापरवाही भएको बताउँदै कंगना र शिवसेनाका प्रवक्ता सञ्जय राउतबीच आरोपप्रत्यारोप चलिरहेको छ । जसका कारण कंगना लकडाउन भरि नै चर्चामा रहेकी छन् ।