कंगना रनौटले गरिन् प्रधानमन्त्री मोदीको तारिफ

बलिउड नायिका कंगना रनौटले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर तारिफ गरेकी छन् । उनले प्रेम र भक्ति भएका प्रधानमन्त्री सधैँ मिलिरहोु् भन्दै प्रशंषा गरेकी हुन् । उनले मोदीको जन्मदिनको शुभकामना दिदै लामो उमेरको पनि प्रार्थना गरेकी छिन् । भारतमा अहिलेको प्रधानमन्त्री भएका कारण साधारण भारतीय नागरिकले पनि गर्व गर्न सकेको बताएकी छन् ।

मादीले जतिको सम्मान अरु कुनै प्रधानमन्त्रीले नपाएको समेत बताएकी छन् । कंगनाले ट्वीटरमा भिडियो सन्देशमार्फत् भनेकी छिन् , ‘यस्तो सम्मान, प्रेम र भक्ति अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई यसअघि मिलेको होस् ।’ कंगनाले मोदी जस्तो प्रधानमन्त्री पाउनु भाग्यको विषय भएको समेत बताइन् । उनले थप भनेकी छन् , ‘हामी धेरै भाग्यशाली छौं कि तपाईंजस्तो प्रधानमन्त्री पायौं ।’