अभिनेत्री कुरेसीको हलमा फिल्म हेर्ने चाहाना

कारोना महामारीका कारण सिनेमा हल बन्द रहेका छन् । दर्शकले ठुलो पर्दामा हेर्दै आइरहेको फिल्म लामो समय देखि हेर्न पाएका छैनन् । यस्तै अवस्थामा बलिउडका कलाकारलाई पनि ठुलो पर्दामा फिल्म हेर्न रहर बढ्न थालेको छ ।

विगत ६ महिनादेखि सिनेमा हलहरु बन्द रहेकाले फिल्म उद्योगलाई ठूलो नोक्सान भइसकेको अवस्थाा फिल्म हल फेरि चालु गराउनुपर्छ भन्ने तिर फिल्मकर्मी लागि परेका छन् । जसका कारण फिल्मकर्मी, कलाकारसँगै सिनेमा हलका मालिकहरुले पनि दर्शकका लागि सिनेमाहलको ढोका खुल्ला गर्नुपर्ने आवाज बलिउडमा चर्काउन थालेका छन् । नेपालमा भने यो अवस्था देखिदैन ।

बेलायतमा आफ्नो फिल्म ‘बेलबटम’को सुटिङ गरिरहेकी बलिउड अभिनेत्री हुमा कुरेसीले फिल्म हलमा छिट्टै फिल्म हेर्न चाहेको बताएकी छन । उनले कोरोनाले पारेको अस्तव्यस्तलाई नियन्त्रण गर्दै फिल्म हल खुलेको हेर्न चाहेको बताएकी छन् । कुरेसीले ईतिहासमा पहिलो पटक विश्वभरका फिल्म हलहरु बन्द भएको भन्दै छिट्टै ठूलो पर्दामा फिल्म हेर्न पाईयोस भन्ने कामना गरेकी हुन् ।

कुरेशीले भारतिय मिडियामा भनेकी छिन्, ‘विगतमा पनि विश्वले थुप्रै कुरा भोगेको थियो । तर, फिल्महलहरु खुल्ला थिए । अहिले महामारीले विश्वभरकै फिल्ममा व्यापारलाई नराम्रोसँग मारमा पारेको छ ।’ डिजिटल सिस्टम लामो समयसम्म नटिक्ने र फिल्म हेर्न रमाइलो नलाग्ने अभिनेत्रीको भनाई छ । अभिनेत्री कुरेसीले डिजिटलमाध्यमबाट सिनेमा हेरेपनि सिनेमा हलको जस्तो अनुभव नहुने बताएकी छिन् । ‘थुप्रै सिनेमाहरु ओटिटि माध्यमबाट प्रसारण हुने कुरा पनि आएको छ,’ उनले भनेकी छिन्, ‘मलाई लाग्छ, यो एक समय मात्रै हो । हामी सबैले ठूलो पर्दाको अनुभवलाई नै मन पराउँछौं ।’

बलिउडमा फिल्म सुटिङका लागि सरकारले अनुमति दिइसकेको छ भने ,पछिल्लो समय फिल्महरु धमाधम सुटिङ भइरहेको छ । तर फिल्म हल सञ्चालनका लागि सरकारले अनुमती दिएको छैन । ठुला व्यानरका फिल्म पनि हलमा नचलेका कारण डिजिटल सिस्टमबाट चलिरहेका छन् ।