यौन दुर्व्यवहारको आरोपमा अनुराग कश्यपविरुद्ध प्रहरीमा उजुरी

बलिउडका निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहारको आरोवप लागेको छ । उनी विरुद्ध कलाकार पायल घोषले प्रहरीमा उजुरी दिने बताएकी  छन् । कलाकार पायलका वकिल नितिन सतपुतेले हिजो मुम्बईको ओशिवारा पुलिस स्टेशनमा अनुरागविरुद्ध उजुरी दर्ता गराएको जानकारी दिएका छन् । सतपुतेले कागजी कारवाही सकिएको भन्दै मुद्दा दर्ता हुने बताए  ।

अनुरागलदे पायललाई २०१४ मा यौन दुर्व्यवहार गरेको पायलका वकिल सतपुतेले बताएका छन् । उनका अनुसार अनुरागले पायलसँग २०१४ मा अनुरागले दुर्व्यवहार गरेको र घरमै पनि गलत व्यवहार गरेको दावी समेत गरेका छन् ।  यौन दुर्व्यवहार बारे यसअघि नै उजुरी दर्ता गर्न खोजे अनुराग पक्षबाट धम्की आएको बताउदै यसपटक भने उजुरी दर्ता गरेरै छाड्ने बताएका छन् ।

यसैको बिषयलाई लिएर बलिउडका कलकार मुद्धा दर्ता गराउन र नगराउन भन्ने पक्षमा देखिएका छन् । तर पछिल्लो समय सरकार तथा शिवसेना लगायतसँग आक्रोशित बनेकी कंगना रनावत भने पायलको पक्षमा उभिएकी छन् । उनले पायलको पक्षमा बोल्दै अनुरागलाई गिरफ्तार गर्न माग गरेकी छन । तर यता तापसी पन्नू लगायतका कलाकार अनुरागको सपोर्टमा उत्रिएका छन् । उनीहरुले अनुरागलाई सबैभन्दा ठूलो महिलावादी भएको भन्दै समर्थन जनाएका छन् ।

केहि दिन अगाडी पायलले एक ट्वीट गर्दै अनुरागमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । न्याय र सुरक्षाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै न्याय दिन माग राखेकी थिइन । यसबारेमा निर्देशक अनुराग भने आफुलाई लागेको आरोप आधारहीन भन्दै डटेर सामना गर्ने पक्षमा छन् ।