ड्रग्सको मुद्दामा रियापछि जोडियो दीपिकाको नाम

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडका अनेक मुद्दाहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । उनको आत्महत्या नेपोटिज्मका कारण भएको मुद्धा पछिल्लो समय ड्रग्सको आइपुगेको छ । सुशान्तकी पुर्व प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा थुनामा रहेकी छन् ।

ड्रक्सर्क मुद्धामा थुनामा परेकी रियाको छानबिन चलिरहदा यता अर्की अभिनेत्री दीपिका पादुकोण पनि मुछिएकी छन् । उनको नाम पनि अहिले ड्रक्ससँग जोडिएकोे छ । अभिनेत्री दीपिकाले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगे पछि ड्रसको मुद्धा उनीतर्फ मोडिएको हो ।

एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको छ । भारतीय मिडियाका अनुसार दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।