उच्च अदालतमा रियाले दिइन जमानतको निवेदन, उनको कस्टडी आज समाप्त हुँदै

ड्रग्स कारोबार मुद्धामा १४ दिनदेखि थुनामा रहेकी अभिनेत्री रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानको निवेदन दिएकी छिन् । उनले दिएको अमानतको आवेदन यसअघि तल्लो अदालतबाट दुई पटक खारेज भइसकेको थियो । गत सेप्टेम्बरमा रियालाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले दुई दिनको सोधपुछ लागि भन्दै पक्राउ गरेको थियो उनको जमानत खारेज गर्दै १४ दिन जेलमा राख्नका लागि अदालतले आदेश दिएको थियो । त्यसपछि उनलाई भायखला जेलमा राखिएको थियो ।

यता अर्की अभिनेत्री दीपिका पादुकोण पनि ड्रग्स मामिलामा फसेकी छन् । उनले र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार दीपिकालाई यसै हप्ता सोधपुछ गरिने भएको छ ।

ह्वास्ट अपबाट दीपिका र करिश्माबीचको ड्रग्सको कुराकानी भाइरल भएपछि दीपिका तनाबमा परेकी छन् । उनको जस्तै केस अभिनेत्री रिया चक्रवर्तीको भएको थियो । रियाकी म्यानेजर जया साहसँग अहिले एनसीबी अफिसमा सोधपुछ चलिरहेको छ । यसबारेमा कुरा टुंगोमा पुगेको छैन ।
बलिउड अभिनेत्री ड्रग्स मामिलामा ९ सेप्टेम्बरदेखि भायखला जेलमा छिन् । उनको कस्टडी आज समाप्त हुँदैछ । एनसीबीले रिया चक्रवर्तीलाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । त्यसकै बिषयमा भिडियो कन्फरेन्सिङमार्फत् रियाको अदालतमा पेशी हुने भारतिय सञ्चारमाध्यमले जनाएको छ ।