महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेलाई थर्काइन् कंगनाले

बलिउडका कलाकारहरु पछिल्लो समय अभिनेत्री कंगना रनावतको निशानामा पर्दै आएका थिए । कहिले अभिनेत्री त कहिले अभिनेतालाई अभिनेता सुशान्तको केसमा कडा स्वभावले आलोचना गर्दै आएकी छन् ।

यस पटक भने कंगना रनावतले महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरे, बीएमसी र सांसद सन्जय राउतमाथि निशाना बनाएकी छिन् । उनले महाराष्ट्रको ठाने जिल्लास्थित एक भवन लड्दा ४० भन्दा धेरै मानिसहरुले ज्यान गुमाएपछि उनी कडा रुपमा प्रस्तुत भएकी छिन् । कंगनाले सरकारले त्यो भत्तिएको घरमा ध्यान नदिएको कारण धेरै निर्दोष मानिसहरुको ज्यान गुमाएको आरोप लगाएकी छन् ।

गत सोमबार त्यो भवन भत्किदा अहिलेसम्म ४१ ज्नाले ज्यान गुमाइसकेका छन् । हालै कंगनाले ट्विट गर्दै भनेकी छन् ,‘ सरकारले यता उती नजर लगाउन् भन्दा त्यो घरमा ध्यान दिएको भए ५० जना मानिस जीवित हुन्थे । यति धेरै मानिसहरुका ज्यान सरकारका मान्छेको लापरवाहीले भएको हो । ’

सुशान्तको आत्महत्याको केसमा बोल्दै आएकी कंगनाको ९ सेप्टेम्बरमा बीएमसीले कार्यालयमा तोडफेड गरेको थियो । उनले अबैधरुपमा निर्माण गरेको भन्दै तोडफोड गरको थियो । इसै विषयलाइृ लिएर सरकारसँग आक्रोशित बनेकी कंगनाले आफ्नो कार्यालय तोडफोड गरेको बीएमसीको विरुद्धमा उच्च अदालतमा मुद्दा हाले पछि बीएमसीले कार्यलय भत्काउन रोकेको थियो ।

कंगनाले आफ्नो भवन नबनाउने भन्दै बीएमसी र सांसद सन्जय राउतलाई विपक्षी बनाएर २ करोड क्षतिपुर्तिको माग गरेकी छन् । कंगना आफु कसैसँग नडराउने बताउदै आएकी छन् । केहि समय अगाडी शिवसेनाले उनलाई मुम्बई नआउन र आएमा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले कसैको धम्कीको डर नमान्ने भन्दै मुम्बई आएकी थिइन् ।