सलमानको ‘बीग बोस १४’ पछि पर्यो रेटिङमा

कसले कुन च्यानल बढि हेरिहेका छन् या रुचाइरहेका छन् भन्ने मापनको आधार भारतीय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमलार्ई टीआरपी रेटिङमा हेरिने गरिन्छ । हरेक हप्ता सार्वजनिक हुने टीआरपी रेटिङले शोले कुन कार्यक्रम कति हिट छ भन्ने मापन गरिदै आएको छ ।

बलिउड अभिनेता सलमान खानले संचालन गर्दै आएको ‘बीग बोस १४’ नामक शोलाई प्राथमिकाता साथ हिट कार्यक्रममा गनिर्दै आएको थियो । जुन कार्यक्रम हाल प्रशारण भैरहेको छ । यस सातामा अभिनेता सलमान खानको यो शो टीआरपी रेटिङको टप ५ मा पर्न सकेन । हिजो ब्रोडकास्ट अडियन्स रिसर्च कौसिल इन्डियाले सार्वजनिक गरेको उत्कृष्ट ५ शोको रेटिङको पहिलो नम्बरमा ‘अनुपमा’ नामक शो परेको छ । त्यस्तै गत साता ‘कुन्डली भाग्य नम्बर १’ नामक शोले पहिलो स्थान कब्जा गरेको थियो ।

यस हप्ता टीआरपी रेटिङको उत्कृष्ट ५ मा अनुपमा, कुन्डली भाग्य नम्बर १, कुमकुम भाग्य, छोटी सरदारनी र तारक महेत्ताका ‘उल्टा चश्मा’ परेका छन् । यस कारण सलमान खानको ‘बीग बोस १४’ फ्लपको सुचिमा पर्दै गएको भारतिय विश्लेशकहरुको बताउँन थालेका छन् । सलामानले यो कार्यक्रमका लागि लाखौ पारिश्रमिक लिएर चलाइरहेका छन् ।