कोरोना विरुद्ध खटेका फ्रन्टलाइनरलाई शाहरुख खानको पीपीइ सहयोग

बलिउडमा केही कलाकारहरु कोरोना महामारीबीच काम गरिरहेकालाई आर्थिकका अलवा स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । यसैक्रममा बलिउड स्टार शाहरुख खानले २ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) सहयोग गरेका छन् । उनले एसिड अट्याक पीडितहरूका लागि काम गर्दै आएको संस्था मियर फाउन्डेसनमार्फत् छत्तिसगढका कोभिडविरुद्धका फ्रन्टलाइनरलाई उपलब्ध गराएका हुन् ।

यसबारेमा जानकारी दिदैँ छत्तिसगढका क्याबिनेट सदस्य टिएस सिंह दियोले ट्वीटरमार्फत् शाहरुखलाई धन्यवाद दिएका छन्। टुइटरमा लेखेका छन् ,‘फ्रन्टलाइन योद्धाहरूका लागि पीपीइ उपलब्ध गराएकोमा शाहरुख खान र मियर फाउन्डेसनलाई हृदयदेखि धन्यवाद। यहाँको सहयोगीभावले हामीलाई स्वास्थ्यकर्मीहरूलाई जोगाउन अझै प्रेरणा दिएको छ।’

जवाफमा शाहरुखले लेखेका छन् ,‘ यो अप्ठ्यारो परिस्थितिमा जसरी सक्छु त्यसरी सहयोग पु¥याइरहने छु। यसअघि खानले प्रधानमन्त्री केयर्स कोषमा र महाराष्ट्र, दिल्ली र पश्चिम बंगाल सरकारमार्फत् कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोग पुर्याइएका  छन्। उनले आफ्नो नीजि कार्यालय भवनलाई पनि ब्रिहनमुम्बई नगरपालिकालाई उपलब्ध गराए, क्वारेन्टिन बनाउनका लागि।’