‘बाघी ४’को तयारीमा टाइगर

बलिउडका एक्सन स्टारका रुपमा परिचित टाइगर श्राफको नयाँ फिल्मको तयारीमा रहेका छन् । अभिनेता टाइगर फिल्म ‘बाघी ४’को तयारीमा रहेका छन् । निर्माता साजिद नाडियाडवालाले फिल्म ‘बाघी ४’को तयारीमा लागेको जानकारी दिएका छन् ।

फिल्मलाई ‘बाघी ३’कै निर्देशन अमेद खानले निर्देशन गर्नेछन् । अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘बाघी’ लाई लक्कीका रुपमा मानिन्छ । त्यसपछि उनका लगातार फिल्मले सफलता हात पार्यो भने फिल्म ‘बाघी ३’मा कोरोना महामारीले असर गर्यो ।

फिल्म हलमा रिलिज हुनासाथ कोरोना महामारी चल्यो र देशभर लकडाउन भयो । लगानी नउठेपनि निर्माणपक्षलाई खासै नसर नगरेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म ‘हिरोपन्ती २’को छायांकनको तयारीमा रहेका अभिनेता टाइगर श्राफकाका अनुसार फिल्मको छायांकन डिसेम्बरदेखि हुनेछ ।