अमेरिकामा ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

अमेरिकाको बोस्टनमा हुँदै आएको इण्डिया इन्टरनेशनल फिल्म फेस्टिभल २०२०मा बलिउडका दिग्गज अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको छ ।  फेस्टिभलमा १५ भाषाका ११० भन्दा बढी फिल्म प्रदर्शन गरिएको थियो ।

उक्त फेस्टिभलमा बलिउडका दिग्गज अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको हो । तीन बर्ष अगाडी ओम पुरीको निधन भइसकेको छ भने लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कार ओम पुरीकी पत्नी नन्दिता पुरीलाई हस्तान्तरण गरिने आयोजनकले जानकारी दिएको छ । ओमको निधनपछि पनि उनका ९ फिल्म प्रदर्शनमा आइसकेको छ ।