अजय देवगनको फिल्ममा काम गर्दै राकुल

साउथ फिल्मी अभिनेत्री राकुल प्रित सिंह अभिनेता अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने भएकी छन् । अजय देवगनको निर्देशनमा बन्न लागेको फिल्म ‘मइड’ मा राकुल अनुबन्धित भएकी छन् । यो फिल्ममा उनी पाइलटको भूमिकामा देखिदैछन् । फिल्म ‘दे दे प्यार दे’मासँगै काम गरेका अजय र राकुलले फेरि पर्दा शेयर गर्न लागेका हुन् ।

अजय देवगनसँग फेरि सहकार्य गर्न पाउँदा निकै खुसी देखिएकी राकुलले अमिताभ बच्चनसँग पहिलो पटक काम गर्न लागेकी हुन् । उनले भारतीय मिडियासँग प्रतिक्रिया दिदै भनेकी छिन,‘मैले अजय सरसँग पहिलो पनि काम गरिसकेकी छु र यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित छु । तर, मेरो बच्चादेखिकै सपना नायक अमिताभ बच्चनसँग काम गर्ने थियो ।अब, उनीसँग काम गर्ने मेरो सपना पुरा भएको छ ।’

यहि डिसेम्बरबाट फिल्मको हैदराबादबाट छायांकन हुँदेछ । जसका लागि कलाकार धमाधम छनोट भइरहेको छ ।
केही समय अगाडि राकुल ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परेकी थिइन् । उनलाई एनसीबीले सोधपुछ पछि छाडेको थियो ।