प्रभासको ‘आदिपुरुष’ रिलिज मिती घोषणा

साउथ सुपरस्टार प्रभासको अभिनित फिल्म ‘आदिपुरुष’ रिलिज मिती घोषणा गरिएको छ । फिल्म २०२२ मा रिलिज हुने अभिनेता प्रभास आफैले घोषणा गरेका हुन् । प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोष्ट गर्दै लेखेका छन्, ‘आदिपुरुष ११.०८.२०२२ सिनेमाघरमा’ । फिल्म हेर्नका लागि दर्शकले अझैँ दुइ वर्ष कुर्नुपर्ने देखिन्छ ।

सार्वजनिक भएको पोष्टरका आधारमा भन्ने हो भने फिल्ममा बाहुबलीका अभिनेता प्रभाव लिड रोलमा हुनेछन् । उनैलाई फिल्मको आदिपुरुषको भुमिका देख्न सकिन्छ । फिल्ममा सैफ अलि खानले लंकेशको भुमिकामा अभिनय गरेका छन् । ठुलो बजेटमा निर्माण भएको फिल्म ‘आदिपुरुष’ लाई ओम राउतले निर्देशन गर्नेछन् । फिल्मलाई हिन्दीसहित तमिल, तेलुगु, कन्नड र मलयालम लगात ५ भाषामा रिलिज गरिनेछ । फिल्मको टि–सीरीजलाई भुषण कुमारले प्रोड्युस गरेका छन् ।