क्रिसमसमा लागि तयार भो ‘वन्डर वुमन १९८४’

हलिउड फिल्म ‘वन्डर वुमन १९८४’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेत्री गल गडोट स्टारर अभिनित यस फिल्मको हालै प्रर्दशन मिति घोषणा गरिएको हो ।

फिल्म आगामी क्रिमसमसको अवरमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ । अमेरिकाको सिनेमा हल र एचविओ म्याक्समा २५ डिसेम्बर २०२० मा रिलिज गरिने भएको हो ।

फिल्म रिलिज भएको एक महिनासम्म फिल्म निशुल्क हेर्ने पाइने छ । यसपछि फिल्म हेर्न पैसा तिर्नुपर्ने प्रावधान राखिएको छ । पेटी जेन्किन्सले फिल्मलाई निर्देशन गरेका हुन् । सन् २०१७ मा रिलिज भएको फिल्म ‘वन्डर वुमन’ ८ सय २१ मिलियन डलरमा निर्माण गरिएको थियो । जुन फिल्मले हलिउडमा ब्लकबस्टर सावित गरेको थियो । यसैको अपेक्षा गर्दै फिल्म निर्माण टिमले ‘वन्डर वुमन १९८४’ निर्माण गरेको हो ।