राजद्रोहको मुद्दा लागेकी अभिनेत्री कंगनालाई पक्राउ नगर्न मुम्बई हाइकोर्टको आदेश

बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोलीलाई अदालतबाट राहत मिलेको छ। बम्बे हाईकोर्टले कंगना विरुद्धको एफआइएर रद्द गर्न इन्कार गरेको छ ।

कंगना र उनकी बहिनीले मुम्बई पुलिसले आफूहरुविरुद्ध दर्ता गरेको उजुरी रद्द गर्नुपर्ने मागसहित अदालतमा रिट हालेका थिए। साथै कंगना र उनकी बहिनी रंगोलीलाई ८ जनवरीको दोश्रो प्रहर १२ देखि २ बजेसम्म बान्द्रा पुलिस स्टेशनमा उपस्थित हुन आदेश दिएको छ ।

कंगना र उनकी बहिनी रंगोलीलाई भने अदालतबाट राहत मिलेको छ। उनीहरुलाई पक्राउ नगर्न मुम्बई हाइकोर्टले आदेश दिएपछि उनीहरुलाई हाइसञ्चो भएको आदेश दिएपछि उनीहरुलाई हाइसञ्चो भएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार हाइकोर्टले उनीहरुको गिरफ्तारीमा रोक लगाएको छ। यद्यपि, उनीहरु दुवैले ८ जनवरी २०२१ मा प्रहरीसमक्ष उपस्थित भने हुनु पर्नेछ।

मुम्बई प्रहरीले बयानका लागि कंगना र रंगोलीलाई बोलाएको थियो र त्यसविरुद्ध उनीहरु अदालत गएका थिए। अदालतले कंगना दिदीबहिनीको पक्षमा फैसला गर्दै पक्राउ हुनबाट बचाएको छ।

उनीहरुमाथि राजद्रोहको मुद्दा दर्ता भएको छ । समाजमा घृणा फैलाउनेगरी सोसल मिडियामा पोस्ट गरेको आरोप उनीहरुमाथि लागेको हो।