“आमाले मलाई गर्भमै मार्ने प्रयास गर्नुभएको थियो, तर, मेरो जन्म लेखिएकै रहेछ”

भारतीय मनोरञ्जन क्षेत्रमा सानो पर्दा अर्थात् टेलिभिजनको बेग्लै संसार र रौनक छ। सानो पर्दाबाटै उदाएर सेलिब्रिटी भएका थुप्रै अनुहार छन्। त्यसैमध्येकी एक हुन्, कमेडियन भारती सिंह

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनमा लागुऔषधको मुद्दा आएपछि फिल्म र टीभीजगत्‌का धेरै हस्तीसँग नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गर्यो । एनसीबीले थुप्रै सेलिब्रिटीको घर तथा कार्यालयमा छापा पनि मार्यो । यही मुद्दाको ताजा नाममा भारतका चर्चित हास्यकलाकार भारती सिंह पनि जोडिएकी छिन् ।

भारती सिंहको घर र कार्यालयबाट शनिबार ८६.५ ग्रामा गाँजा फेला परेको थियो । एनसीबीका अधिकारीहरुले भारती र उनका श्रीमान हर्ष लिम्बाचियाले गाँजा सेवन गर्ने गरेको स्वीकारेको बताए । भारती र उनका श्रीमान १४ दिनको न्यायिक हिरासतमा राखिने बताए पनि जमानतमा छुटेका छन् ।

भारतीले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र ‘कमेडी सर्कस’ बाट स्टान्डअप कमेडियनका रुपमा पहिचान बनाएकी हुन्। उनले बितेको १२ वर्षमा स्टान्डअप कमेडी क्षेत्रबाटै उँचाइ हासिल गरेकी छिन्। यसै कारण उनलाई ‘कमेडी क्वीन’ पनि भनिन्छ। पछिल्लो समय उनी सोनी टीभीबाट प्रसारण भइरहेको कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ मा व्यस्त छिन्।

कमेडी क्विन

‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र ‘कमेडी सर्कस’ बाट स्ट्यान्ड अप कमेडियनका रुपमा उदाएकी भारती सिंह पन्जाबकी छोरी हुन् ।

पछिल्लो १२ वर्षमा उनले स्ट्यान्ड अप कमेडीका क्षेत्रमा एक उचाइँ हासिल गरिसकेकी छिन् । जसका कारण उनी ‘कमेडी क्विन’ उपनामबाट पनि परिचित छिन् । ३६ वर्षीया भारतीले आफ्नो सफलताको कथा लामो संघर्षपछि लेखेकी हुन् ।

भारतीको जन्म सन् १९८४ जुलाई ३ मा पन्जाबको अमृतसरमा भएको थियो । उनको बुबाको निधन हुँदा भारती दुई वर्षकी मात्रै थिइन् । त्यतिबेला उनकी आमा भर्खर २२ वर्षकी थिइन् । उनको नेपाल नाता पनि छ। भारतीका बुबा नेपाली मूल र आमा पन्जाबी थिइन् । उनको बाल्यकाल गरिबीमा बितेको थियो ।

पिताको निधनसँगै परिवारले आर्थिक आडभरोसा गुमायो। जुन कुरा भारतीले विभिन्न अन्तर्वार्तामा बताए अनुसार उनको बालापन गरीबीमा बितेको उल्लेख गरिरहेकी हुन्छिन् ।

जसरी उनले सहज रुपमा दर्शकलाई हँसाउँदै नाम र दाम कमाइरहेकी छिन्, उनको आजको सफलता त्यति सजिलो गरी प्राप्त भएको होइन। यसको पछाडि उनले लामो संघर्ष गरेकी छिन्।

“पैसा कमाउन आफ्नो मोटोपनको मजाक उडाएँ”

पैसा कमाउनकै लागि आफ्नो गरिबी र मोटोपनको मजाक उडाउनु परेको भारतीले एक अन्तर्वार्तामा भनेकी थिइन् । जी टीभीबाट प्रसारण हुने कार्यक्रम ‘जज्बात’ मा कुराकानीका क्रममा उनले यो कुराको खुलासा गरेकी थिइन् । गरिबीका कारण उनकी आमा कपडा सिलाउने काम गर्थिन् र भारतीले आज पनि सिलाइ मेसिनको आवाज सुन्दा विगतको आफ्नो पीडादायी दिनहरुको सम्झनाहरु ताजा हुने गरेको पनि बताइन् । उनकी आमा कारखानामा काम गर्थिन् ।

भारतीभन्दा अघि उनका एक दाइ र दिदी थिए । त्यसैले पनि उनकी आमा भारतीलाई जन्माउन चाहँदैनथिइन् । उनी भन्छिन्, “आमाले मलाई गर्भमै मार्ने हरेक प्रयास गर्नुभएको थियो, तर, मेरो जन्म लेखिएकै रहेछ”, उनले भनेकी थिइन्।”

आफनो बाल्यकाल सम्झिँदै भारती भन्छिन्, “पैसा नभएकै कारण हामी हरेक पर्वमा रुने गर्थ्यौं । पैसा माग्न जाँदा मेरी आमाले गाली खानुपर्थ्यो । म उमेरभन्दा अगाडि नै हुर्किसकेकी थिएँ ।”

भारतीले त्यो दु:ख पार गरेर आज अरुलाई हँसाउँदै सफलताको भर्याङ उक्लिरहेकी छिन्। अमृतसरमा कलेजका दिनदेखि नै भारती प्रसिद्ध कमेडियन कपिल शर्मालाई चिन्थिन् । यी दुवैको सफलताको सयात्रा लगभग उस्तै छ।

भारतीको पक्राउ पछि ट्‌विटर प्रयोगकर्ताहरु कपिल शर्मालाई पनि ट्रोलमा तानिरहेका छन् । उनीहरुले के अब कपिलले आफ्नो शोमा भारतीको खिल्ली उडाउँछन् ? के अब जनचेतना जगाउने कार्यक्रममा भारतीलाई उपस्थित गराउँछन् त ? भन्ने यावत् प्रश्नहरु गरिरहेका छन् । यति मात्रै नभई उनीहरुले कपिलको स्टुडियोमा पनि छापा मार्नुपर्नेमा जोड दिइरहेका छन् ।

भारती एक सुटर पनि थिइन्

भारती सिंह हास्य कलाकारका साथै एक सुटर र आर्चर पनि थिइन् । यदि उनी कमेडियन नभएको भए सुटर हुने पनि उनले बताएकी थिइन् । उनले भनेकी थिइन्, “तपाईंहरु सबैले मलाई टीभीमा ओलम्पिकमा सुटर वा तीरन्दाजीमा भारतलाई प्रतिनिधित्व गर्दै गरेको देख्नुहुन्थ्यो ।”

सुटिङ क्षेत्र छाड्नुपरेको कारण उनी यसरी सुनाउँछिन्, “जब मैले सुटिङका लागि लुगा र आवश्यक साधनहरुका लागि १० लाख रुपैयाँ लाग्ने कुरा थाहा पाएँ । त्यसपछि मैले मेरी आमालाई यसबारे सुनाउँदा उहाँले मलाई घुरेर हेरिरहनुभएको थियो । किनभने त्यो समयमा हामीसँग पैसा थिएन र १० लाख पनि हाम्रा लागि निकै ठूलो रकम थियो । जसका कारण मैले यो क्षेत्र छोड्नुपर्यो । यसका लागि म अत्यन्त दुःखी छु ।”

पैसा हुँदासम्म यसका लागि समयले डाँडा काटिसकेको उनले महसुस गरिन् ।

कमेडी करियर

भारतीले रियालिटि शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट आफ्नो करियर सुरु गरेकी हुन् । उनी यस शो की दोस्रो रनर अप थिइन् । यसपछि उनले ‘कमेडी सर्कस-३ का तडका’ मा भाग लिइन् ।

यसपछि उनी प्रायः सबै कमेडी शोहरुमा देखिन थालिन् र उनलाई धेरैले रुचाए पनि । उनी कमेडी शो लगायत ‘नच बलिए’, ‘झलक दिख्लाजा’ र ‘बिग बोस’ मा पनि देखिइन् ।

उनले ‘कमेडी सर्कस महासंग्राम’, ‘कमेडी सर्कस के सुपर स्टार’, ‘कमेडी सर्कस का जादू’, ‘कमेडी सर्कस के तानसेन’, ‘कमेडी सर्कस का नया दौर’, ‘कहानी कमेडी सर्कस की’ र ‘कमेडी सर्कस के अजूबे’ जस्ता कैयौं टीभी शोमा सहभागिता जनाइन्। यसबाहेक उनी ‘नच बलिए’, ‘झलक दिखला जा सिजन ५’ र ‘बिग बोस’ मा पनि देखिइन्।

उनी ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘इन्डियाज बेस्ट डान्सर’ की सञ्चालिका र कमेडी दंगलकी निर्णायक पनि बनिन् । ‘खतरों के खिलाडी’ शो का कैयौं सिजनमा उनी अतिथिको रुपमा सहभागी भइन्। कपिल शर्मा शोको पुरानो सिजनमा पनि उनले बेलाबेला आफ्नो हास्य जादू प्रस्तुत गरिन्। सानी बालिका ‘लल्ली’ को चरित्रमा उनको प्रस्तुति निकै रुचाइयो।

आम रुपमा पुरुष कलाकारको वर्चश्व रहेको स्टन्डअप कमेडी क्षेत्रमा भारतीले आफ्नो अलग र सफल पहिचान स्थापित गरेकी छिन्। उनले ‘खिलाडी ७८६’ र ‘सनम रे’ लगायत केही हिन्दी फिल्मका साथै पंजाबी फिल्ममा पनि काम गरेकी छिन्।

सामान्य रुपमा भारती सिंहले आफ्नो छुटै र सफल पहिचान बनाएकी छिन् ।

सामाजिक सञ्जालमा सक्रियता

सामाजिक सञ्जालमा सक्रिय भारती सिंहको फ्यान फलोअर्स यहाँ देख्न सकिन्छ । फेसबुकमा उनका ७२ लाखभन्दा धेरै फलोअर्स छन् भने इन्स्टाग्राममा ३६ लाखभन्दा धेरै छन् ।

यद्यपि पछिल्लो समय ट्‌विटरमा त्यत्ति सक्रिय नदेखिएकी भारतीको यसमा २.८ फलोअर्स छन् । उनको पक्राउपछि ट्‌विटर प्रयोगकर्ताहरुले उनको एक पुरानो लागुऔषध प्रयोग नगर्न भनिएको ट्‌विट पुनः रि-ट्‌विट गरिरहेका छन् ।

उनले २०१५ जुलाई ९ मा लागुऔषध स्वास्थ्यका लागि हानिकारक भएको भन्दै ट्‌विटर गरेकी थिइन् । जसको अहिले जम्मेरै मजाक उडाइरहेको छ ।

भारतीका श्रीमान् हर्ष को हुन् ?

भारती सन् २०१७ डिसेम्बर ३ मा हर्ष लिम्बाचियासँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हर्ष एक स्क्रिप्ट राइटर, निर्माता र होस्ट हुन् । उनी भारतीभन्दा तीन वर्ष कान्छा हुन् ।

भारती र हर्षको भेटघाट कमेडी सर्कस शोमा भएको थियो । हर्ष यस शोका स्क्रिप्ट राइटर थिए, त्यो समयमा हर्ष र भारती दुवै संघर्षका दिनमा थिए ।

 

हर्षले ‘कमेडी सर्कस के तानसेन’, ‘कमेडी नाइट्स बचाओ’ र ‘कमेडी नाइट्स लाइभ शो’ को स्क्रिप्ट लेखिसकेका छन् । यसका साथै उनले पीएम नरेन्द्र मोदीको बायोपिकमा डायलग र ‘मंगल’ चलचित्रमा टाइटल ट्रयाक लेखेका छन् ।

निर्माताका रुपमा उनी ‘खतरा, खतरा, खतरा’, ‘हम तुम’ और ‘क्वारेन्टिन शोट’ मा आबद्ध थिए । भने हालै उनीहरु दुवैजना ‘इन्डियाज बेस्ट डान्सर’ होस्ट गरिरहेका थिए ।

 

ड्रग्स प्रकरण

यसैबीच, पछिल्लो समय भारतीय मनोरञ्जन क्षेत्रलाई तरंगित बनाएको ड्रग्स प्रकरणमा भारतीको नाम पनि मुछिन पुगेको छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु घटनामा ड्रग्सको विषय बाहिर आएपछि भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले फिल्म र टीभी जगतका कैयौं हस्तीसँग सोधपुछ गरेको छ भने कतिपयको घरमा छापा समेत हानेको छ। यसै क्रममा एनसीबीले शनिबार भारती र उनका पति हर्षलाई पक्राउ गर्यो।

बीबीसी हिन्दीका अनुसार, एनसीबीले भारतीयको मुम्बईस्थित घर र प्रोडक्शन हाउसमा छापा मार्दा ८६.५ ग्राम गाँजा समेत भेटिएको जनाएको छ। एनसीबीका अधिकारीहरुले भारती र हर्ष दुवैले गाँजा सेवन गर्ने गरेको स्वीकारेको बताएका छन्।

बीबीसी हिन्दीबाट