कमेडी नै कमेडीले भरिएको ‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक

फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ। बलिउड अभिनेता वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको हो। फिल्मको ट्रेलर कमेडी नै कमेडीले भरिएको छ भने वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन्।

फिल्मका निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउनुका साथै कमेडीले भरपुर मनोरन्जन दिने प्रयास गरेको देखिन्छ। त्यस्तै , फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका देखिएका छन् भने हास्य अभिनेता जोनी लिवरको कमेडीले पनि दर्शक हसाउँछ । फिल्ममा जावेद जाफरी, राजपाल यादवलगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिने छ।

फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज गर्ने तयारीमा रहेको छ। २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म कुली नम्बर वान रिलिज हुनेछ ।  १९९५ मा प्रदर्शनमा आएको ‘कुली नम्बर वान’ को रिमेक । त्यो फिल्ममा अभिनेता गोविन्दा र करिश्मा कपूर मुख्य भूमिका थिए । जसलाई डेविड धवनले नै निर्देशन गरेका थिए।