यस कारण छुटेको थियो सलमान र कैटरीनाको प्रेम

बलिउडका अभिनेता सलमान खान र अभिनेत्री कैटरीना कैफ एक सफल कलाकार हुन्। कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ हो ।

उक्त फिल्ममा अभिनेता सलमान खानको जोडी बनेकी थिइन । जसका कारण पनि फिल्म निकै चर्चामा आयो । उनीहरुको जोडीलाई दर्शकले रुचाईदिएपछि दुवैले ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ जस्ता फिल्ममा एकसाथ काम गरे ।यो समयमा अभिनेता सलमान निकै चर्चामा रहेका थिए। जसले गर्दा पनि कैफको करियरलाई उचाईमा पुर्याउँन निकै मद्दत गर्यो। प्हिलो फिल्मबाट नै नजिकिएका उनीहरु प्रेममा पर्न थालेका थिए। सममान र कैफ एकसाथ ५ वर्षसम्म प्रेम सम्बन्धमा रहे । भारतिय मिडियाका अनुसार सलमानको रिसाहा, पोजेसिव बानीका कारण कैफलाई मन पर्न छोडेको थियो।

उनी दिक्क भएकी थिइन् । रिसाइरहने बानीका कारण आजित बनेकी कैफको फिल्म ‘राजनीति’ को शुटिङको सिलसिलामा रणवीर कपूरसँग भेट भयो। । उक्त समय कपूर दीपिका पादुकोणसँग सम्बन्धमा थिए । तर, कैटरिनासँग सम्बन्ध बढाउन रणवीरले दीपिकालाई धोका दिए ।

त्यसपछि, कैटरिनाको सम्बन्ध रणवीर कपूरसँग गाँसियो र सलमान खानसँग दुरी बढ्यो । रणवीरसँगको नजिकपनले सलमानसँग टाढिइन् कैटरिना । सम्बन्ध सकिएपछि पनि सलमान र कैफ एक अर्कासँग आरोप प्रत्यारोपमा उत्रिएनन् । उनीहरु अहिले पनि एक अर्कालाई सम्मानका साथ भेटघाट गर्ने गर्छन् ।