आदित्यको विवाहको तयारी, मोदीलाई विवाहको निम्तो

बलिउडका गायक उदित नारायण झाको छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाहको तयारी भएको छ। आदित्यको उनकै प्रेमिका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह हुन लागेको हो। जसका लागि अहिले आदित्यको घरमा धुमधाम विवाहको तयारी चलिरहेको छ।

आदित्यको विवाहमा ५० जनामात्र मानिस मात्र सहभागी हुने भनिएको छ । त्यस्तै विवाहपछि हुने रिसेप्सन पाटीमा फिल्मका अभिनेता देखि लिएर प्रधानमन्त्रीसँम्मलाई निँतो गरिएको छ। साधारण तरिकाले गर्न लागिएको विवाहमा पाटी भने भव्य हुने बताइएको छ। एदित नाराणयाले एक मिडियालाई भनेका छन्,‘‘छोरोको विवाहको तयारी भइरहेको छ ।

२ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ। ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन ।’ उनका अनुसार रिसेप्सन पार्टीमा अभिनेता अमिताभ बच्चनका अलवा प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्तो गरिसकिएको छ।