यस कारण बन्द हुदैछ ‘द कपिल शर्मा शो’

लोकप्रिय भारतीय कमेडी टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ केही समयको लागि बन्द हुने भएको छ । हरेक मान्छेलाई ब्यङ्ग्यात्मक तरिकाले हसाँउदै आएको कमेशी शो बन्द हुने भएको हो । भारतीय संचारमाध्यमका अनुसार फेब्रुअरी मध्यदेखि शो बन्द गर्न लागेको हो ।

करिब दुईवर्षदेखि टेलिभिजनमा प्रसारण हुँदै आएको शो लाई भारत लगायत अन्य मुलुकमा अत्यधिक रुचाइएको थियो। भारतिय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार केहि समयसम्मका लागि बन्द हुन लागेको जनाएको छ । यसका अनुसार कोरोनाभाइरस महामारीको कारण लाइभ दर्शकको संख्यामा कमी आएपछि बन्द गर्नुपर्ने अवस्था आएको समाचारमा भनिएको छ।

बिषेश गरेर फिल्म पनि रिलिजका समयमा कलाकार निम्त्याएर कार्यक्रमलाई रोमान्चक बनाउने गरिन्थ्यो। अहिले फिल्म रिलिज नभएको अवस्था कार्यक्रम चलाउनु फाइदा नभएको कार्यक्रम संचालक कपिल शर्माले बताएका छन् । अहिले कपिलकी श्रीमती गिन्नी पनि गर्भवती छिन्। यस्तो अवस्थामा केहि समय पत्नीसँग समय बिताउने कपिलले जानकारी दिएका छन् । कार्यक्रम बन्द भएपछि कहिलेबाट नयाँ सिजन कहिलेदेखि सुरु हुन्छ भन्ने बारे कपिलले केही खुलाएका छैनन् ।