गर्भवती रहेकी करीना कपुर खानको ‘हट’ योगाको तस्विर सार्वजनिक

बलिउड अभिनेत्री करीना कपुर खान आमा बन्ने दिन नजिकिदै गर्दा योगामा मस्त रहेकी छन्। उनी अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । उनले योगा गर्दै गरेको केहि तस्विरमा हट फोटो सुट गराएकी छन्। फोटोसुट गरेको तस्विरमा उनलाई प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।

उनले योगा गर्दै गरेको पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् उनले तस्विर सार्वजकि गर्दै लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’ उनको अर्को अर्थात दोस्रो तस्बिरमा करीना कालो पहिरनमा लगाएकी छन् । उनी यो पहिरनमा योगका केही फरक आसन गरेकी छन् । हालै करीनाले फिल्म ‘लाल सिंह चढ्डा’को सुटिङ सकेकी छन् ।

उनी लकडाउनको समयमा गर्ववती भएको बुझिएको छ। उनले हालै छायांकन सकिएको फिल्ममा करिना र आमिर खानको समेत मुख्य भुमिका रहेको छ ।