प्रियंका चोपडा फेरि पनि चर्चामा देखिइन् बोल्ड लूक (तस्वीरहरू)

बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् ।

प्रियंकाले नयाँ फोटोशूट गरी एक से एक सुन्दर लूक्स सार्वजनिक गरेकी छन् । अहिले उनका एकपछि अर्काे आकर्षक लुक्स बाहिर आइरहेका छन् ।

प्रसिद्ध फेशन पत्रिका मेरी क्लेयरका लागि फोटोशूट गर्दै उनले बोल्ड तस्वीरहरू खिचाएकी छन् ।

उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही तस्बिरमा उनी विन्टेज लुक र  केहीमा क्लीन बोल्ड लुक्समा देखिएकी छन् ।

फोटोशूटमा प्रियंका निकै कामुक देखिएकी छन् । यसअघि पनि उनका कामुक तस्वीरहरूले प्रशंसकहरूको मुटुको ढुकढुकी बढाएका थिए ।

एक तस्बिरमा उनी रातो कलरको ड्रेसमा समेत सजिएको देख्न सकिन्छ । अर्काे एक तस्बिरमा उनले अरेन्ज कलरको स्ट्र्रपी ड्रेसमा बोल्ड लुक्स समेत प्रस्तुत गरेकी छन् ।

केही फरकफरक तस्बिरमा प्रियंका निकै सुन्दर देखिएकी छन् । फ्यानले उनका तस्बिरहरु निकै मनपराएका छन् । प्रियंकाले यो तस्बिर सुट फेशन म्यागजिन म्यारी क्लेयरका लागि गराएकी हुन् । जसमा उनी स्प्रिंग २०२१ कलेक्सनका साथ देखिनेछिन् । कबरमा छाएको तस्बिरमा प्रियंका गुलाबी रंगको ड्रेसमा उनी निकै सुन्दर देखिएकी छन् ।

उनले स्प्रिङ २०२१ कलेक्सनका लागि फोटोशूट गराएकी छन् ।

प्रियंकाको फिल्म ‘द ह्वाइट टाइगर’ हालै रिलिज भएको छ । फिल्ममा उनको साथमा राजकुमार राव र आदर्श गौरव पनि रहेका छन् ।

फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । फिल्म दर्शकले रुचाएका थिए । यसको अलवा उनले हालै हलिउड फिल्म ‘टेक्सट फर यु’की सुटिङ सकाएकी छन् ।