अभिनेत्री करिनाले जन्माईन छोरा

बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित देखिएका छन् ।

अभिनेत्री करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ रहेको जनाएका छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।