सोनु सुदले एक नेपालीको उपचार खर्च व्यहोर्ने

बलिउड अभिनेता सोनु सुद  कोरोनाभाइरस महामारीका बेला गरिब दुखीको उद्धारमा खटिएका थिए । घरबेटीले निकाली दिएका दुइ बच्चा सहितकी आमालाई घर दिएका थिए भने किसानलाई ट्याक्टर किनिदिएर गुन लाएका थिए ।

उनी लकडाउन सुरु भएदेखि नै समाज सेवामा सक्रिय लागेका छन् । उनैले एक नेपालीको उपचारमा सघाउने भएका छन् । उनले ट्वीटरबाटै फ्यानको समस्यालाई सम्बोधन गर्दै उपचारमा सहयोग गर्ने बताएका हुन ।

हालै, अभिनेता सुदलाई एकजना नेपाली फ्यानले शल्यक्रियाका लागि रकम जुटाउनुपर्ने र त्यसका लागि सहयोग गर्न ट्वीटरमार्फत अपिल गरेका थिए । उनले लठ्ठीको सहयोगमा हिड्दै गरेको एउटा भिडियोसँगै सोनुलाई मेनसन गरेर पोस्ट गरिएको थियो ।ट्वीटर प्रयोगकर्ता नेपाली मधु पौडेलले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको समस्या समस्या सोनु सुदलाई ट्वीटरमार्फत राखेका थिए ।

उनको त्यो मेनसनले काम गरेको छ । सुदले ट्वीटमार्फत जवाफ फर्काउदै लेखेका छन् ,‘ अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’ यसको मतलव उनी ति नेपालीलाई उपचारमा सहयोग गर्ने बताएका छन् । उनकाले यो जवाफले नेपाल र नेपालीप्रति माया सदुभाव दर्शाएका छन् ।