जमैकन गायक बन्नी वेलरको निधन

जमैकन गायक रेग्गी लेजेन्ड बन्नी वेलरको निधन भएको छ ।

बब मार्लीसँगै गायन क्षेत्रमा धेरै वर्ष काम गरेका जमैकन गायक वेलरको ७३ वर्षमा निधन भएको हो। बब मार्ली र पिटर टससँगै उनले ‘द वेलर्स’ ब्यान्डमा सँगै काम गरेका थिए।

उनले बब मार्ली र पिटर टससँगै ‘द वेलर्स’ ब्यान्डमा रहेर लामो समय काम गरेका थिए । सन १९७४ मा एक्लै गायन यात्रा अगाडि बढाएका वेलरले २ वटा ग्रामी अवार्ड जितेका थिए ।

३ वटा ग्रामी अवार्ड जितेका वेलरको वास्तविक नाम नेभिल्ली ओरिली लिभिङस्टन हो। जमैका सरकारले अर्डर अफ मरिट उपाधिबाट समेत सम्मानित गरेको थियो।

सन २०२० को जुलाईदेखि नै अस्पताल भर्ना भएका वेलरको निधनको कारण भने खुलाइएको छैन ।

वेलरको निधनको खबर सार्वजनिक भएसँगै विश्वभरबाट संगीत प्रेमीहरुले सम्वेदना व्यक्त गरिरहेका छन्।