तापसी, अनुराग, विकासको घर र कार्यालयमा आयकर विभागको छापा

बलिउडअभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ ।

फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्स्सँग जोडिएको एक घटनाको अनुसन्धानका लागि मुम्बईमा अनुराग कश्यप, विकास बहल र तापसी पन्नुसँग सम्बन्धित २० स्थानमा आयकर विभागले छापा मारेको बीबीसीले जनाएको छ ।

विभागका अधिकारीहरुले मुम्बईको फ्यान्टम फिल्म्स् एण्ड ट्यालेन्ट हन्ट कम्पनीको अफिसमा पनि छापा मारेको छ । यो कम्पनी २०११ मा अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले बनाएका थिए । २०१८ भने उनीहरुले कम्पनी बन्द गरेका थिए ।

अनुराग कश्यप केन्द्र सरकारको आलोचना गरिरहनु र तापसी पन्नुले कृषि कानुनको विरोध गरेको समय उनीहरु केन्द्रीत छापा मार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा आयकर विभाग केन्द्र सरकारको मातहत पर्छ ।