भारतमा लकडाउन सुरुभएपछि पुनः प्रसारण हुदै रामायण

रामानन्द सागरको रामायण पुनः प्रसारण गरिने भएको छ । कोरोनाका कारण भारतका विभिन्न स्थानमा लकडाउन भएपछि दर्शकको मनोभाव बुझी पुनः प्रसराण गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात सन् २०२० मा पनि रामायण प्रसारित गरिएको थियो ।

रामयण पुनः प्रसारण हुन लागेको कुरा रामायणकी अनस्क्रिन सीता अर्थात् दीपिका चिखलियाले जानकारी दिएकी हुन् । उनले रामायण पुनः प्रसारण हुन लागेको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छिन् । दीपिका चिखलियाले इन्स्टाग्राममा रामायण पुनः प्रसारण हुन लागेको भन्दै खुसी व्यक्त गरेकी हुन् ।

दीपिकाले छिन्, ‘रामायण यस वर्ष पनि सानो पर्दामा फिर्ता भइसकेको छ भनेर सेयर गर्न पाउँदा निकै उत्साहित छु । रामायण अघिल्लो वर्ष लकडाउनका बेला पनि प्रशारण गरिएको थियो । यो सबै हेरेर मलाई यस्तो लागिरहेको छ कि मानौं इतिहास आफूलाई दोहोराइरहेको छ । शो मेरो जीवनको मात्रै होइन थुप्रै भारतीय परिवारको जीवनको ठूलो हिस्सा बनेको थियो ।’

दीपिकाले रामायाण हेर्न सबैमा आग्रह गरेकी छन् । अवको पिडीलाई समेत रामायणको ज्ञान बाड्न आग्रह गरेकी छन् । ‘आउनुहोस्, हामी सबै मिलेर हाम्रो समुदाय र समाजका हिस्सा बन्नुहोस् । अबको पीढिलाई रामायणको ज्ञान साझा गर्नुहोस् । स्टार भारतमा हरेक रात ७ बजे रामानन्द सागरको रामायण हेर्नुहोस्,’उनले भनेकी छन् ।