एकता कपुरको टिमलाई चोरीको आरोप, अभिनेत्री भन्छिन्,‘माफी मागि सकियो अघि बढौँ’

बलिउडमा केहि न केहि फिल्मीकर्मीबीच आरोप पत्यारोप चलिरहन्छ । यसलाई नौलो मान्नु पर्ने कुरै हुँदैन । हालै एकता कपूरको टिमलाई चोरीको आरोप लगाइएको छ । केहि दिन अघि सार्वजनिक गरिएको वेब सिरिज ‘हिज स्टोरी’ को पोस्टरमा फिल्मकर्मी सुधांशु सरियाले चोरीको आरोप लगाएका छन् ।
उनले आफ्नो फिल्म ‘लभ’ को पोस्टर कपूरको समुहले चोरी गरेको भन्दै आलोचना गरेपछि कपूरको टिमले माफी समेत मागिसकेको छ । भारतिय मिडियाका अनुसार कपुरको समुह र प्रोडक्सन हाउस अल्ट बालाजीले माफी मागेको हो ।
यसै विषयलाई लिएर यसै सिरिजकी अभिनेत्री प्रियामणि राजले आफ्नो समुहले माफी मागीसकेको भन्दै अघि बढ्न सबैलाई आग्रह गरेकी छन् । उनले आफूले क्रिएटिभ टिमको काममा दखल नदिन आग्रह गर्दै आफू कलाकार भएकोले निर्देशकले अह्राए बमोजिम काम गर्ने कामदार भएको बताएकी छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जालमा लेखेकी छन्,‘फोटो खिच्न बोलाउँदा हामी जाने हो । उक्त समय यस्तो तस्बिर पहिले कसैको थियो थिएन हामीलाई याद नहुन पनि सक्छ ।’ उनले आफ्नो आफु समुहबाट गल्ती भएको स्वीकार गरेकी छन् । गल्तीमा आफ्नो समुहले माफी समेत मागेको सामजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले भनेकी छन्,‘ हाम्रो समूहबाट गल्ती भएकै हो । यो गल्तीका लागि माफी समेत मागेका छौ । अल्ट बालाजीले आफ्नो गल्ती स्विकारेर माफी मागेको देख्दा खुसी लागेको छ । यो पोस्टर अहिले हटाइ सकिएको छ ।’

उनले एउटै विषयमा अड्किएर कहिलेसम्म बस्नुपर्ने हो भन्दै प्रश्न गरेकी छन् । उनले थप भनेकी छन्,‘ यही विषयमा कहिलेसम्म अड्किएर बस्ने हो र ? गल्ती भयो ,माफी मागि सकेपछि अबअघि बढे हुन्न र ?’ यस वेव सिरिज समलिङ्गीको कथामा निर्माण भएको हो । यस सिरिजमा उनी सत्यदीपकी श्रीमती साक्षीको भूमिकामा अभिनय गरेकी छन् । यसमा सत्यदीप र प्रियामणिको साथमा मिश्रा, मृणाल दत्तको समेत मुख्य भूमिका रहेका छन् । यो वेव सिरिज २५ अप्रिलका दिनमा जी ५ बाट प्रसारण हुँदैछ ।