आफु र आफ्नो परिवारलाई कोरोना नलाग्ने राखीको भनाई

बलिउडकी चर्चित डान्सर राखी सावन्तले आफुलाई कोरोना नलाग्ने बताएकी छन् । उनले भारतिय सञ्चारमाध्यमसँगको कुराकानीमा आफुलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छन् । जसका कारण अहिले उनी विवादमा परेकी छन् ।

भारतिय हिन्दुस्तान टाइम्स्का अनुसार राखीले संचारकर्मीसँगको कुराकानीमा आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले छुदैन ।’ यहि अभिव्यत्तीका कारण अहिले उनको सामाजिक संजालमा चर्को आलोचना पनि भैरहेको छ । किनभने गत महिना मात्रै नायक सलमान खान र सोहेल खानको सहयोगले आमाका क्यान्सर रोगको उपचार गरेकी थिइन् । यसैको कारण पनि राखी अहिले आफ्नै बोलीको चौतर्फी आलोचना खेपिरहेकी छन् ।
बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको बिषयमा समेत बोलेकी छन् । उनले, देशमा हिंसा भड्काउने बिषयमा कंगनाले ट्विट गरेको भन्दै यस्तो ट्विट एकाउण्ड बन्द गरेकोमा धन्यबाद दिएकी थिइन् । उनको भनाईमा देशको बिषयमा कंगनाले दिएको आपत्तीजनक बयान गद्दार काम गर्नु सरह भएको भनिएको छ । उसले पनि उनलाई अफ्ठ्यारोमा पारेको हो ।