नेपालको हिमश्रृङ्खलामा फिल्म खिच्ने अनुरागको इच्छा

बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले नेपालमा फिल्म सुटिङ गर्ने बताएका छन् । हिजोबाट सुरु भएको अनलाइन नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनपछि बोल्नेक्रममा अनुरागले कोरोनाको स्थिति सामान्य भएपछि नेपालमा फिल्मको छायांकन गर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै अनुरागले आफुलाई नेपालका हिमश्रृङ्खलाले अत्यन्त प्रभावित पारेको भन्दै छिट्टै नेपालमा एउटा फिल्मको छायांकन गर्न इच्छुक रहेको बताए ।
उनले केही पटक नेपाल आएको र नेपालको हिमश्रृङ्खला मन परेको बताउँदै नेपालको हिमश्रृंखलामा फिल्म खिच्ने इच्छा रहेको सुनाए । साथै आफुसँग हिमालमा खिच्नुपर्ने एउटा स्क्रिप्ट समेत रहेको बताए छ ।
उनले भने ,‘ मेरो भित्री ईच्छा के छ भने नेपालको एभरेस्टको बेसक्याम्पसम्म पुग्ने छ । यस विषयमा एउटा कथावस्तु समेत रहेको छ । जुन हो,हाइअल्टिच्युडमा गोठालाको कथा । अहिले परिस्थिति सामान्य हुने वितिक्कै नै नेपालमा छायांकन गर्छु होला ।’

महोत्सवमा अनुरागलाई तपाईले नेपाली फिल्म हेर्नुभएको छ भन्ने प्रश्नमा उनले दुईवटा नेपाली फिल्म हेरेको बताएका छन् । उनले दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ हेरेको भन्दै दुवै फिल्ममा मौलिकपन र आफ्नोपन भेटेको बताए । आफुले फिल्म ‘कालो पोथी’ डिभिडि किनेर हेरेको भन्दै नेपाली फिल्मकर्मीलाई हौस्याएका थिए ।
अनुरागले फिल्म ‘पाँच’ बाट निर्देशकमा हात हालेका थिए । त्यसपछि उनका फिल्म ‘ग्याङ्स अफ वासेपुर,मनमर्जियाँ, ‘चोक्ड’, ‘मुक्काबाज’ लगायत निर्देशन गरेका छन् । साथै उनी अभिनेता समेत रहेका छछन् । फिल्म‘एके भर्सेस एके, आइ एम, ब्ल्याक फ्राइडे, अकिरा’ अभिनय समेत गरेका छन् ।