सडकको बीचमा बसेर नेहा कक्कडको तमासा

चर्चित बलिउड गायिका नेहा कक्कड पुन : चर्चामा आएकी छन् । उनी गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा आउने त गर्छिन तर यो पटक भने केहि तस्विरका कारण चर्चामा आएकी छन् ।
कक्कड सडकको बीचमा बसेर थरि थरिका पोज हानेका तस्बिर सामाजिक सञ्जाल इन्स्टामा पोष्ट गरेपछि थप चर्चामा आएकी हुन् । उनी तस्बिरमा बोल्ड देखिनुका साथै क्युट देखिएकी छन् ।

सडककोबीचमा खिचेको तस्बिरलाई उनका फ्यानले निकै रुचाएका छन् । सामाजिक सञ्जालमा उनका तस्विरलाई कमेन्ट गर्दै प्रशंसा गरेको देखिन्छ । बलिउड गायिकाहरुको बीचमा उनी कुनै न कुनै फण्डा गरेर चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्दै आफ्ना फ्यानहरुलाई मनोरञ्जन दिनेमा अग्रपंतीमा पर्छिन ।

उनले आफुना फ्यान तथा दर्शक स्रोतालाई आकर्षित गर्नका लागि केही दिन अघि पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो नयाँ गीतको प्रचार शैलीलाई घरमा झगडा गरे जस्तो गरेर प्रमोशन गरेकी थिइन । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।