सलमान र कट्रिनाको ‘टाइगर ३’को सुटिङ सेट भत्काइयो

कोरोनाका कारण फिल्म छायांकन अनिश्चित भएपछि ‘टाइगर ३’को सुटिङ सेट भत्काइएको छ । कोरोना र लकडाउनका कारण फिल्मको सुटिङ अनिश्चित भएपछि निर्माण युनिटले मुम्बईमा निर्माण गरिएको सुटिङ सेट भत्काएका हुन् । निर्माण युटिटले सुटिङ सुरु हुनु अगाडि सेटलाई यथावत राख्दा महङ्गो पर्ने भएकोले भत्काउनु परेको बताएका छन् ।

फिल्म ‘टाइगर ३’ का लागि ३०० युनिट सदस्य काम गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । अव फिल्मको काम सुरु हुनु अगाडि सबैलाई कोरोना भ्याक्सिन लगाएर मात्र छायांकन थाल्ने निर्माण युनिटको छ । कोरोनाको भ्याक्सिन लगाइसकेपछि पहिला फिल्मको सुटिङ युरोप गर्नेकी भन्ने पनि उनीहरुको छ ।

फिल्मलाई सलमान खान र कट्रिना कैफले गत मार्चबाट मा मुम्बईको एक स्टुडियोबाट छायांकन थालेका थिए । फिल्मको छायांकन कै समयमा कट्रिनालाई कोरोना संक्रमण भएपछि रोकिएको थियो । फिल्ममा सलमान र कट्रिनाको अलवा फिल्ममा इमरान हाशमीको मुख्य भूमिका रहनेछ । मनिष शर्माको निर्देशन रहने बन्ने यस फिल्मका निर्माता आदित्य चोपडा हुन् । फिल्मको निर्माण बजेट ३५० करोड रहेको बताइएको छ ।