प्रहरीले फेला पार्यो १२० वटा अश्लिल भिडियो

अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ परेका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अपिसबाट १२० वटा अश्लिल भिडियो फेला परेको छ ।मुम्बईको अपराध शाखाले राजको अन्धेरीमा रहेको अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको हो ।

भारतिय मिडियाका अनुसार फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार पारेका थिए ।

प्रहरीका अनुसार राजले एप्सको नाम पनि सोचेका थिए तर उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । सत्य कुरा पत्ता लगाउनका लागि प्रहरीले राज कुन्द्रालाई पक्राउ मात्रै गरेन । उनले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको फिल्म समेत बरामत गरेको छ ।

शिल्पाले अस्तिको दिन प्रहरीसँगको बयानमा श्रीमान राजले अश्लिल फिल्म नभएर अन्य फिल्म निर्माण गर्न लागेको बताएकी थिइन् । अहिले प्रहरीले नै उनको अपिसबाट ठुलो मात्रामा अश्लिल भिडियो बरामत गरेपछि उनी संकटमा परेकी हुन् । त्यस्तै प्रहरीले राज र शिल्पाको संयुक्त बैक खाता समेत फेला पारेको जनाएको छ ।