ऋतिक र दीपिका अभिनित ‘फाइटर’ को रिलिज मिति घोषणा

अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनित फिल्म ‘फाइटर’को रिलिज मिति घोषणा गरिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भएको फिल्म ‘फाइटर’ २६ जनवरी २०२३ मा रिलिज हुने भएको हो । निर्देशक आनन्दले भारतिय मिडियासँगको कुराकानीमा सो कुरा बताएका हुन् ।

यो फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी भएता पनि कोरोनाका कारण फिल्म निर्माण हुन सकेको थिएन । अहिले पनि फिल्म निर्माण भएको त छैन तर, निर्माण टिमले फिल्मको रिलिज घोषणा भने गरिसकेको छ ।

यसै फिल्मबाट दीपिका र ऋतिकले पहिलो पटक एकसाथ अभिनय फिल्ममा देखिन लागेका हुन् । निर्देशक आनन्दका अनुसार ऋतिक र दीपिकालाई पर्दामा एकसाथ प्रस्तुत गर्नु आफ्नो लागि सबैभन्दा रोमान्चक क्षण हुने बताएका छन् ।

निर्माण पक्षका अनुसार दर्शकले फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देख्न पाउनेछन् । उत्कृष्ट फिल्म निर्माणमा जुटेको फाइट कोरियोग्राफीका लागि को हलिउडबाट मान्छे झिकाउने तयारी भइरहेको निर्देशक आनन्दले बताए । उनले यो भारतको पहिलो एरियल एक्सन फिल्म रहेको समेत दाबी गरेका छन् ।