जस्ले मिस्टेक गर्छ त्यो मान्छे हो, विवाद तन्काउने काम नगरौं’ : दीपक-दीपा

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन– २’ को मञ्चमा अन्तिममा अब तीन प्रतिस्पर्धी छन् । टिभी रियालिटी सो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवाल । भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका रूपमा चिनिन्छन् । उनले आफ्नो दिँदै आएको फरक पनलाई शनिबार प्रसारित अन्तिम ४ को प्रतिस्पर्धामा  बिक्कीले कमेडी च्याम्पियनको मञ्चमा नै पहिलोपटक ‘माइम एक्ट’ ट्राई गरेका थिए । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ रु मानिसहरू निदाए पनि केके प्रतिक्रिया गरिहन्छन् भन्ने विषयलाई लिएर उनले आफ्नो अभिनय पस्किएका थिए ।

विक्कीको प्रस्तुतिपछि प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले विक्कीको खुलेर प्रशंसा गरेका थिए । तर निर्णायक सन्तोष पन्तले भने अलि छुट्टै कमेन्ट गरे । सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफ समेत गरे । पन्तले भनेका छन् तिमीले फरक प्रस्तुति दिएउ, त्यसको लागि तिमीलाई धेरै बधाई छ, ‘तर, तिमीले जे प्रस्तुति पस्केको छौ त्यसलाई अझ पनि हाम्रो नेपाली समाजले र दर्शकले बुझ्दैन । तिम्रो प्रस्तुति मैले त बुझिनँ । यो हँसाउने सो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त ? विदेशीको हाँस्ने कमेडी र हाम्रो हाँस्ने कमेडी फरक हुन्छ । तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देऊ ।’तर निर्णायक सन्तोष पन्तले भने अलि छुट्टै कमेन्ट गरे ।  यति भनेपछि बिक्की मञ्च छोडेर गएका थिए । भोलि पल्ट देखी सामाजिक सञ्जालमा विभिन्न टिकाटिपणीहरु हुन थाले । यो विषयले निक्कै ठुलो विवाद खडा गरिदियो धेरैले विक्कीको प्रस्तुति निर्णायकको कुर्सीमा बसेर पनि सन्तोष पन्तले नबुझेको भन्दै आलोचना गरे । कतिपयले भने सन्तोषको पन्तको समर्थनमा पनि बोले ।

‘कमेडी च्याम्पियन’को नयाँ भागमा अतिथि बनेर पुगेका निर्माता, निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सोही कार्यक्रमा पत्रकारहरूले सोधेको प्रश्नमा उनले भनिन् जर्जलाई गाली गर्ने कन्टेसटेनलाई गाली गर्ने कार्यक्रमको स्वरुप हुन सक्छ तर यसलाई तन्काउने काम गर्न भएन के बोलीराछु र कस्तो शब्द प्रयोग गरिएको छ भन्ने कुरामा भरपर्छ । सोही कार्यक्रममा दीपकले भने– मान्छे हो कहिलेकाहीँ नचाहेर पनि नराम्रो हुन पुगिन्छ । आफु ताक्छ् मुडो बन्चरो ताक्छ घुडो भनेको झै ‘एउटा निर्णायकको भूमिका सधैँ नै चुनौतीपूर्ण हुन्छ । त्यो न्यायालयको होस् या रियालिटी शोको नै किन नहोस् । निर्णायकको भनाईले आयोजक र आम जनताको प्रतिनिधित्व गर्न सक्दैन । यो नितान्त उहाँको व्यक्तिगत धारणा हो ।’ दुईचार शब्द मैले धेरै जानेको छु होला तर यसको मतलब यो होइन कि म महान हो । यसैले यो कुरालाई अब नतन्काउ ।