‘सरिताको दिदी’ बोलको गीत सार्वजनिक

काठमाडौँ- अनीश ओकिलीको स्वर शब्द तथा संगीत रहेको गीत ‘सरिताको दिदी सार्वजनिक भएको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । संगीत संयोजन चाँद सिंहको रहेको छ । सन्दीप छेत्री, एस राज गराच र प्रणीमा दाहाल फिचर्ड भिडियोको कन्सेप्ट राजन ईशानको रहेको छ । सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियो बिजेश राजनले गरेका छन् । भिडियो छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने बिजेश कै सम्पादन रहेको छ ।