पल र समीक्षा भन्छन् ‘डिग्री सम्म पढाम्ला’

काठमाडौं-नायक पल शाह र गायिका समीक्षा अधिकारी अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ गीत केही दिन अगाडि सार्वजनिक भएको छ । गत वर्ष निक्कै रुचाइएको ‘चाइनेजो’ गीत कै गायक जीवन पन्त र गायिका समीक्षा अधिकारीको आवाज रहेको उक्त गीतका गीतकार तथा संगीतकार भने दीपक शर्मा हुन् ।

श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् । गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका छन् ।